Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पक्राउ परेका सबै पत्रकार रिहा, सञ्चारमन्त्रीले दिए यस्तो प्रतिक्रिया

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १३ गते


Advertisement

१३ कार्तिक, काठमाडौं । आज विभिन्न सञ्चारमाध्यमका कार्यालयबाट पक्राउ तथा नियन्त्रणमा लिइएका सबै पत्रकार रिहा भएका छन्।

सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन्।

मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।

आज प्रहरीले सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो।

नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले पक्राउ गरेको थियो।


प्रतिकृया दिनुहोस्