काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनायो। पोखराका लागि अर्जुन घर्तिमगरले अविजित ४० र महेदी हसनले ३२ रन बनाए। कप्तान कुशल भुर्तेलले २१ रनको योगदान दिए।
सुदूरपश्चिमका अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए। अब सुदूरपश्चिमले जितका लागि १४६ रन बनाउनुपर्नेछ।































