काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
आज ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार दुवैले धरौटी रकम बुझाएर रिहा भइसकेका छन्।
खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सिफारिसपछि सरकारी वकिल कार्यालयले नेम्बाङ, राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो।
जोशी र पाण्डे यसअघि नै धरौटीमा रिहा भइसकेका छन्।































