Skip
आज : २०८३ कार्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँमा प्रहरीको स्वीप अपरेसन, एकैपटक ८७ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १० गते


Advertisement

काठमाडौँ । काठमाडौँमा प्रहरीले विशेष अभियान चलाउँदै पछिल्लो २४ घण्टामा ८७ जनालाई पक्राउ गरेको छ।

उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार कात्तिक ९ गते बिहानदेखि १० गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको स्वीप अपरेसनका क्रममा ७५ जना पक्राउ परेका हुन्।

यसैगरी, अदालतबाट कैद तथा जरिवानाको फैसला भएका ८ जना र पक्राउ अनुमति जारी भई अनुसन्धानको क्रममा रहेका ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार स्वीप अपरेसनमा पक्राउ परेकाहरूको आपराधिक पृष्ठभूमि जाँच गरी आवश्यक कारबाही अघि बढाइनेछ।

उनीहरूमाथि मुद्दा चलाउने वा रिहा गर्ने भन्ने निर्णय जाँचपछि गरिने प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्