काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा शुरू हुँदैछ।
उक्त अवसरमा प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत खेलाडी, आयोजक र खेलप्रेमीहरूलाई शुभकामना दिएका छन्।
प्रधानमन्त्री शाहीले एनपीएलले छोटो समयमै हासिल गरेको लोकप्रियता र सफलताको प्रशंसा गरेका छन्। उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सवको रूपमा उल्लेख गरेका छन्।
शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘नेपालकै सबैभन्दा ठूलो खेलकुद महोत्सव, नेपाल प्रिमियर लिग आजदेखि शुरू हुँदैछ र यो केही वर्षभित्रै एउटा ठूलो खेलकुदको भव्य उत्सवका रूपमा विकसित भएको छ।’
उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडीहरू र कमेन्टेटरहरूलाई स्वागत गरेका छन्।
साथै, उनले नेपाली खेलाडीहरू, आयोजकहरू र नेपाल क्रिकेट संघ (क्यान) प्रति शुभकामना व्यक्त गर्दै नेपाली क्रिकेटको प्रगतिको कामना गरेका छन्। उनले ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्दै आफ्नो सन्देश टुंग्याएका छन्





























