काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जाने भएका छन्।
लामिछाने आज तीन दिनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा उनी परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाआजा गर्ने कार्यक्रम छ।
निजी सचिवालयका अनुसार आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने तीन दिनपछि स्वदेश फर्किनेछन्।





























