२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको पेशागत समूहबाट केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसीसहित ५ जना निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार केसीले सर्वाधिक ३ हजार २५३ मत प्राप्त गरेका छन्।
त्यस्तै, प्रा. डा. जगदीश चन्द्र पोखरेलले २ हजार ५७७, वरिष्ठ अधिवक्ता सीताराम केसीले १ हजार ५३६, डा. प्रदीप मिश्रले १ हजार ४७८ र केशव निरौलाले १ हजार २३२ मत ल्याएर विजयी भएका छन्।
पेशागततर्फ केन्द्रीय सदस्यका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए।































