काठमाडौं । अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको छ ।
अस्ट्रेलियाली तथ्याङ्क ब्युरो (एबीएस)का अनुसार उक्त अवधिमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या ३९ हजारले घटेको छ भने बेरोजगारको सङ्ख्या नौ हजारले बढेको छ ।
यस अवधिमा रोजगारीमा रहेका व्यक्तिको अनुपात घटेर ६३.६ प्रतिशतमा झरेको छ । श्रमशक्तिमा सहभागिता दर पनि ०.२ प्रतिशत विन्दुले घटेर ६६.८ प्रतिशत कायम भएको छ ।
त्यस्तै, अल्परोजगारी दर ६.३ प्रतिशत पुगेको छ । आंशिक समय काम गर्नेहरूको कुल कार्यघण्टा १।५ प्रतिशतले घट्दा पूर्णकालीन काम गर्नेहरूको कार्यघण्टा भने ०।४ प्रतिशतले बढेको छ ।
यद्यपि, प्रवृत्तिगत आधारमा बेरोजगारी दर ४.६ प्रतिशतमा स्थिर रहेको एबीएसले जनाएको छ । वार्षिक आधारमा रोजगारी १२ प्रतिशत र कुल कार्यघण्टा १.३ प्रतिशतले बढेको तथ्याङ्कमा उल्लेख छ ।






























