Skip
आज : २०८३ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसको मतगणना अन्तिम चरणमा, सबै नतिजा आजै आउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण नतिजा आज बेलुकासम्म सार्वजनिक हुने भएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकिएको छ।

सहमहामन्त्री र केन्द्रीय सदस्यका केही समूहको गणना भने जारी छ।

सभापतिमा गगनकुमार थापा ६ हजार ५८४ मतसहित निर्वाचित भइसकेका छन्। निर्वाचन समितिले बाँकी पदको मतगणना तीव्र पार्दै आजै सबै परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।

गत असोज २३ गते मतदान भएको थियो। अन्य पदको मतगणनामा ढिलाइ हुँदा अन्तिम परिणाम सार्वजनिक हुन समय लागेको हो।


प्रतिकृया दिनुहोस्