Skip
आज : २०८३ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा ठूलो सफलता, १७३ मतसहित निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २८ गते


Advertisement

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा भारि मतका साथ निर्वाचित भएको छ।

न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा भएको निर्वाचनमा नेपालले १८० मतमध्ये १७३ मत प्राप्त गरेको हो।

एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित देशमध्ये नेपालले सबैभन्दा बढी मत पाएको छ। सन् २०२७ जनवरी १ देखि २०२९ सम्म नेपालले परिषद्को सदस्यका रूपमा काम गर्नेछ।

नेपाल यसअघि सन् २०१८–२०२० र २०२१–२०२३ मा परिषद्को सदस्य बनिसकेको छ। नयाँ कार्यकालसँगै नेपाल तेस्रोपटक परिषद्मा प्रतिनिधित्व गर्नेछ।


प्रतिकृया दिनुहोस्