काठमाडौं । चर्चित नेपाली चलचित्र शृङ्खला ‘कबड्डी’को पाँचौँ भाग ‘कबड्डी ५ स् आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र कात्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।
चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर र सिर्जना गुरुङलगायत कलाकारको अभिनय रहेको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारहरूले चलचित्रका पात्र र कथाबारे चर्चा गरेका थिए। अभिनेत्री सिर्जना गुरुङले यस भागमा काजीको जीवनमा नयाँ परिस्थिति र परिपक्वता देख्न पाइने बताइन्।































