Skip
आज : २०८३ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाढीपीडितको उद्धारमा तीव्रता दिन कांग्रेसको सरकारसँग माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २५ गते


Advertisement

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसले गम्भीर चासो व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ।

कांग्रेसले बाढी प्रभावित तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई पनि उद्धार कार्यमा सक्रियतापूर्वक जुट्न आह्वान गरेको छ।

विपद्का बेला सरकारको ध्यानाकर्षण गराउँदै महाधिवेशन सकेर फर्किरहेका पार्टीका नेताहरूलाई सुरक्षित रूपमा घर  पुग्न  कांग्रेसले आग्रह गरेकाे छ।

साथै, बूढीगण्डकी आसपासका क्षेत्रमा रहेका नेता तथा कार्यकर्तालाई तत्काल उद्धार कार्यमा सहभागी हुन अपिल गरिएकाे छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले  विज्ञप्ति जारी गर्दै विपद्को सामना गर्न सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

 

 


प्रतिकृया दिनुहोस्