Skip
आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

केजरीवाल र ममता बनर्जी पक्राउ, मोदी सरकारमाथि तानाशाहीको आरोप

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २४ गते


Advertisement

काठमाडौं । भारतमा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल र तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ

सांसद सञ्जय सिंहसहित जन्तरमन्तरतर्फ जाने क्रममा नियन्त्रणमा परेका केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारमाथि तानाशाहीको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेका छन्।

उनले कथित मत चोरीविरुद्ध युवा जागिसकेको बताएका छन्।

यस्तै, दिल्लीको साउथ एभिन्युमा धर्ना दिइरहेकी ममताले आफूहरूलाई जन्तरमन्तर जान नदिइएको भन्दै वर्तमान अवस्था सन् १९७५ को आपत्कालभन्दा खराब भएको टिप्पणी गरेकी छन्।
टीएमसी प्रवक्ता साकेत गोखलेका अनुसार ममतासहित पाँच जनालाई दिल्ली प्रहरी र सीआरपीएफले नियन्त्रणमा लिएर अज्ञात स्थानमा लगेको छ।

उनले घटनालाई भारतमा लोकतन्त्रको हत्या भएको टिप्पणी गरेका छन्। आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले भने केजरीवालमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका छन्।


प्रतिकृया दिनुहोस्