काठमाडौं । नेकपा ( एमाले) ११औँ महाधिवेशनपछि स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ।
बैठक असोज २२ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
बैठकमा महाधिवेशनपछिका पार्टी गतिविधि र आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ।































