Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मेस्सीको अन्तर्राष्ट्रिय करिअरमा पूर्णविराम, जितसँगै भावुक बिदाइ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २१ गते


Advertisement

काठमाडौं । विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सीले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका छन्।

बुधबार घरेलु मैदान एस्टाडियो मोनुमेन्टलमा भएको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० ले हराउँदै मेस्सीलाई सुखद् बिदाइ दिएको हो। मेस्सीले एक गोल गर्नुका साथै दुई गोलमा असिस्ट गरे।

अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ४८औँ, निको पाजले ६१औँ र मेस्सीले ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। मेस्सीसँगै ओटामेन्डीले पनि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए।

८० हजारभन्दा बढी दर्शकमाझ भएको खेलमा मेस्सीलाई विशेष सम्मान गरिएको थियो। खेलपछि आतिशबाजीसहित उनको बिदाइ गरिँदा सहकर्मी र समर्थकहरू भावुक बने।

मेस्सीले अर्जेन्टिनाका लागि २०८ अन्तर्राष्ट्रिय खेल खेल्दै राष्ट्रिय टोलीको जर्सीबाट विदा भएका छन्।


प्रतिकृया दिनुहोस्