Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मनकामना केबलकार आज बन्द रहने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २० गते


Advertisement

नारायणगढ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार आज एक दिन बन्द हुने भएको छ ।

चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

टावर तथा स्टेसनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको उनको भनाइ छ । बुधबारबाट नियमित सेवा सुचारु हुने कम्पनीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्