Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बेलायतमा शंकास्पद गतिविधिपछि अमेरिकी बी–१ बमवर्षक हटाइए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १९ गते


Advertisement

काठमाडौँ । बेलायतको फेयरफोर्डस्थित हवाई अखडामा भएको शंकास्पद सुरक्षा घटनापछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै बी–१ बमवर्षक विमान फिर्ता लगेको छ।

हवाई अखडानजिक तीनवटा शंकास्पद भ्यान भेटिएपछि आसपासका ८५ घर खाली गराइएको थियो।

प्रहरीले भ्यानमा विस्फोटक नभेटिए पनि केही पेट्रोल बरामद गरेको जनाएको छ। घटनामा पाँच बेलायती पुरुष पक्राउ परेर पछि धरौटीमा रिहा भएका छन्।

अमेरिकी रक्षा मन्त्रालयले विमान फिर्ता भएको पुष्टि गरे पनि सुरक्षा घटनासँग यसको प्रत्यक्ष सम्बन्धबारे विस्तृत जानकारी दिएको छैन। इरानले भने घटनामा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरेको छ।

 


प्रतिकृया दिनुहोस्