१० असोज, काठमाडौं । प्रधानमन्त्री बालेन स्वदेश फर्किएकै दिन अर्थमन्त्री डा.स्वर्णिम वाग्ले कतार प्रस्थान गरेका छन् ।
एसियाली पूर्वाधार विकास बैंक(एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन वाग्ले आज साँझ कतार प्रस्थान गरेका हुन् ।
कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ बजे दोहा पुगेका वाग्लेले बैठकमा नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकताबारे छलफल गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा उनले एआईआईबी अध्यक्षसहित भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन्। वाग्ले असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।































