Skip
आज : २०८३ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विराटनगरमा कांग्रेसको वडा अधिवेशनमै लफडा, दुई पक्षबीच कुटाकुट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ९ गते


Advertisement

९ असाेज, विराटनगर । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विराटनगरमा लफडा भएको छ।

विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेका बेला दुई पक्षबीच विवाद चर्किएपछि कुटाकुट भएको हो।

भलबद्र सेवा समिति केसलियाको सभाहलमा शुक्रबार दिउँसो मतदान चलिरहेका बेला विवाद बढेर हात हालाहालको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कुटाकुटपछि मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर–६ का इरसाद अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनापछि केही समय मतदान प्रक्रिया रोकिएको थियो। पछि अवस्था सामान्य भएपछि मतदान पुनः सुरु गरिएको प्रहरीले जनाएको छ।

वडा नेतृत्वमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको हो। वडा सभापतिका लागि राम ढकाल र प्रकाश मण्डल ‘भोला’ पक्ष चुनावी प्रतिस्पर्धामा छन्।

यता नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का कार्यवाहक सभापति चुमनारायण तवदारले भने वडा अधिवेशन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको दाबी गरेका छन् ।


प्रतिकृया दिनुहोस्