Skip

Hamro Sanchar

संसद्मै धरधरि रोइन् जेनजी सहिदकी आमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ६ गते


Advertisement

६ असोज, काठमाडौं । जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्री आज प्रतिनिधिसभाको बैठकमा भावुक भएकी छन्।

विशेष समयमा बोल्दै सांसद खतिवडाले सहिद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने माग गरिन्।

उनले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका थुनुवालाई विनासर्त तत्काल रिहा गर्न तथा घाइतेहरूको उपचारका लागि आवश्यक परे विदेशसम्म लैजानुपर्ने र त्यसको सम्पूर्ण खर्च राज्यले व्यहोर्नुपर्ने बताइन्।

सांसद पद व्यक्तिगत राजनीतिक आकांक्षा वा पदको लोभका कारण नलिएको उल्लेख गर्दै उनले जेनजी आन्दोलनका सहिदले पूर्ण न्याय पाए आफू सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिच्किचाउने बताइन्।

आफूलाई ‘छोराको लासमाथि सांसद पद साटेको’ जस्ता अपमानजनक टिप्पणी गरिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाइन्।

एउटी आमाको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न आग्रह गर्दै उनले तुच्छ टिप्पणी गर्नुअघि सोच्नसमेत आग्रह गरिन्।


प्रतिकृया दिनुहोस्