Skip

Hamro Sanchar

योगेशलाई ओलीले बैठकमा दिएनन बोल्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ६ गते


Advertisement

६ असोज, काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव योगेश भट्टराईलाई धारणा राख्न समय नदिएका छन्।

अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्न भट्टराईले समय माग गरेका थिए।

तर, ओलीले उनलाई बैठकमा बोल्ने समय नदिएको बताइएको छ।

बैठकमा बोल्न नपाएपछि उपमहासचिव भट्टराईले आफ्नो लिखित प्रस्ताव तथा धारणा अध्यक्ष ओलीसमक्ष बुझाएका छन् ।


प्रतिकृया दिनुहोस्