Skip

Hamro Sanchar

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ६ गते


Advertisement

६ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शाह आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिन उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए।

प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।

प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्किने तालिका रहेको छ।


प्रतिकृया दिनुहोस्