Skip

Hamro Sanchar

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ४ गते


Advertisement

४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनको दोस्रो दिन असोज ४ गते ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन दोस्रो दिन पनि उत्साहपूर्ण रूपमा अघि बढेको हो। निर्वाचन सम्पन्न भएका वडाहरूमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको जनाइएको छ।

निर्वाचन कार्यक्रमअन्तर्गत कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ।

यसैबीच रसुवा, नुवाकोट र धादिङका साथै सप्तरी क्षेत्र नं.२ र ४, सिरहा, मोरङ क्षेत्र नं.६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं। २ र परासी क्षेत्र नं. २ लगायतका क्षेत्रमा भने वडा अधिवेशन बाँकी रहेको छ।

आज सम्पन्न हुन नसकेका तथा बाँकी रहेका वडा अधिवेशन असोज ५ गते सोमबार पनि जारी रहने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका रहेको छ।

 


प्रतिकृया दिनुहोस्