३० भदौ,काठमाडौं । पाकिस्तानमा फेरि पेट्रोल र हाइ–स्पीड डिजेलको मूल्यमा भारी वृद्धि भएको छ। पेट्रोलियम डिभिजनद्वारा जारी गरिएको नयाँ सूचनाअनुसार देशमा इन्धनको मूल्य फेरि उकालो लागेको हो।
नयाँ निर्णयअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ ४२ पैसाले वृद्धि गरिएको छ। मूल्य वृद्धिसँगै अब पाकिस्तानमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर ३८० रुपैयाँ २४ पैसा पुगेको छ।
त्यसैगरी, हाइ–स्पीड डिजेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ १० पैसाको बढोत्तरी गरिएको छ। यस वृद्धिसँगै डिजेलको नयाँ मूल्य प्रतिलिटर ४०९ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।
पछिल्लो केही समययता पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्यमा निरन्तर र तीव्र उकालो लाग्ने क्रम जारी रहेको छ।































