Skip

Hamro Sanchar

देउवा समूहले तोक्यो महाधिवेशनका लागि निर्वाचन समिति संयोजक, कस्लाइ बनायो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २८ गते


Advertisement

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आगामी महाधिवेशनका लागि निर्वाचन समिति संयोजक तोकेको छ ।

१५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार एकराज पोख्रेल (संखुवासभा)लाई उक्त जिम्मेवारी दिइएको हो ।

नेपाली कांग्रेसको पन्धौँ महाधिवेशन २०८३ मंसिर २१, २२ र २३ गते काठमाण्डौंमा सम्पन्न गर्नका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३५ बमोजिम केन्द्रीय \ समितिको संयोजकमा एकराज पोख्रेल (संखुवासभा)लाई तोक्ने निर्णय गरिएको व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ,जारी विज्ञप्तिमा भनिएको छ।


प्रतिकृया दिनुहोस्