Skip

Hamro Sanchar

जहाजमा आगलागी हुँदा ७६ जनाको मृत्यु, १३ बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २८ गते


Advertisement

२८ भदौ, एजेन्सी । फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या शनिबार ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले बताएको छ ।

घटनामा परेका १३ जना अझै बेपत्ता छन् । पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल सङ्ख्या ७६ पुर्‍याएको छ ।

दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो । पीसीजीले सार्वजनिक गरेको भिडियोमा यात्रु फेरी पूर्ण रूपमा जलेको देखिन्छ, जहाँ खरानी र जलेको संरचनाका भग्नावशेष छन् । उद्धार र अनुसन्धान कार्य जारी छ । सिन्ह्वा

 


प्रतिकृया दिनुहोस्