Skip

Hamro Sanchar

ड्रोन आक्रमणपछि साउदीको प्रमुख तेल पाइपलाइन बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २७ गते


Advertisement

२७ भदौ, काठमाडौं । ड्रोन आक्रमणमा साउदी अरेबियाको एक प्रमुख तेल पाइपलाइन प्रणालीमा क्षति पुगेपछि त्यसलाई बन्द गरिएको छ।

दुई अमेरिकी अधिकारीहरूका अनुसार साउदी अरेबियाको पूर्व-पश्चिम पाइपलाइनमा प्रजेक्टाइल (क्षेप्यास्त्ररड्रोन) प्रहार गरिएको हो ।

साउदी अरेबियाको ऊर्जा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाइपलाइनमा आक्रमण भएको र सावधानीको उपायस्वरूप यसलाई बन्द गरिएको पुष्टि गरेको सीएनएनले जनाएको छ ।

एक अमेरिकी अधिकारीका अनुसार प्रारम्भिक विश्लेषणबाट पाइपलाइनसँगै रहेका पम्प स्टेसनहरूमा आक्रमण भएको खुलेको छ। शुक्रवार लिइएको एक स्याटेलाइट तस्वीरमा एउटा पम्प स्टेसनमा व्यापक आगो लागेको देखिएको छ भने बिहीबार लिइएको अर्को स्टेसनको तस्वीरमा सानो आगोबाट बाक्लो कालो धूँवा निस्किरहेको देखिएको छ।

यो आक्रमण कसले गराएको हो र पाइपलाइनको मुख्य भागमा क्षति पुगेको छ वा छैन भन्ने विषयमा तत्काल स्पष्ट भइनसकेको समाचारमा उल्लेख छ । यद्यपि, एक अमेरिकी अधिकारीले इराकबाट आएका ड्रोनहरूले पाइपलाइनमा प्रहार गरेको बताएका छन् ।

साउदी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रियाद र मदिना क्षेत्रमा रहेको पूर्व(पश्चिम पाइपलाइनमा इराकबाट आएका धेरै ड्रोनहरूले आक्रमण गरेको र यसबाट केही घाइते हुनुका साथै क्षति पुगेको जनाएको छ।

इराकी सरकारले पनि शुक्रवार एक विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेको छ र जिम्मेवारहरूको खोजीका लागि तत्काल अनुसन्धान गर्न आदेश दिएको छ। साथै, इराकको भूमि वा आकाश आफ्नो देश र साउदी अरेबियाबीचको सम्बन्धमा आँच पुर्याउने किसिमका आक्रमणका लागि प्रयोग गर्न नदिने उसले स्पष्ट पारेको छ।

इरानसँगको युद्ध जारी रहेको बेला साउदी अरेबियाको तेल स्रोत र त्यसको निर्यात क्षमतामाथि गम्भीर खतरा बढेको यो आक्रमणले देखाएको छ। यसअघि यमनमा इरान समर्थित मिलिसियाले रणनीतिक रेड सी ९लाल सागर० बन्दरगाह सहर नियन्त्रणमा लिएको घटनाले यस क्षेत्रमा ऊर्जा ढुवानीलाई थप जोखिममा पारेको थियो।

अमेरिका(इरान युद्ध शुरू भएर इरानले पर्सियन खाडीको ुहर्मुज जलमार्गु बन्द गरेपछि साउदी अरेबियाले दैनिक करिब ५० लाख ब्यारेल तेल पार्सियन खाडीको सट्टा आफ्नो पूर्व-पश्चिम पाइपलाइनमार्फत लाल सागरस्थित यान्बु बन्दरगाहमा पठाइरहेको थियो। तर, हुथी लडाकुहरूले लाल सागरबाट बाहिरिने साउदी जहाजहरूलाई लक्षित गर्ने घोषणा गरेसँगै साउदी तेलको यो निकास मार्ग पनि जोखिममा परेको छ।

पाइपलाइन प्रणालीको मर्मतका लागि कति समय लाग्छ भन्नेबारे अझै स्पष्ट भइसकेको छैन। ऊर्जा मन्त्रालयले पाइपलाइनमा धेरै आक्रमणहरू भएको र केही व्यक्तिहरू घाइते भएको जनाएको छ। साथै, टोलीहरूले पाइपलाइन सुरक्षित गर्न र सुरक्षाको मूल्याङ्कन गर्न आवश्यक कदम चागिरहेका छन् ।


प्रतिकृया दिनुहोस्