Skip

Hamro Sanchar

अमेरिकाले चाँडै इरानको कलाङ पर्वतमा आक्रमण गर्छ : ट्रम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २० गते


Advertisement

२० भदौ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले चाँडै इरानको कलाङ पर्वत (कलाङ माउन्टेन) मा आक्रमण गर्न सक्ने बताएका छन्।

बीबीसीका अनुसार नातान्ज आणविक प्लान्टनजिकै रहेको कलाङ पर्वत बलियो स्थान हो, जहाँ दुई गहिरा सुरुङ छन्।

ट्रम्पले शुक्रबार पत्रकारसँग इरानविरुद्ध जारी लडाइँ अमेरिकाका लागि ठुलो कुरा नभएको टिप्पणी पनि गरेका छन्।

उनले भने, ‘धेरै मानिस यसलाई युद्ध भन्दैनन्। म यसलाई सैन्य संघर्ष भन्छु, किनभने यो हाम्रा लागि धेरै सानो छ। यो ठुलो कुरा होइन।’

ट्रम्पले थपे, ‘हामीले भेनेजुएलामा कारबाही गर्‍यौँ र यसलाई पूरा गर्‍यौँ। भेनेजुएलामा हाम्रा कोही हताहत भएनन्। इरानसँगको द्वन्द्वमा हामीले १८ जना गुमायौँ। भियतनाममा हामीले १ लाख मानिस गुमायौँ।’

यसअघि अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले पनि इरानसँग जारी द्वन्द्वलाई युद्ध भन्न नहुने बताएका थिए।

उनले भने, ‘यो सैन्य संघर्ष हो र अमेरिकाका लागि यो धेरै सानो हो।


प्रतिकृया दिनुहोस्