काठमाडौँ । प्रतिनिधि सभा बैठककै क्रममा एकाएक ढल्न पुगेका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला उनी आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका थिए ।
उनी ढलेसँगै संसद् सचिवालयकै स्वास्थ्य इकाइमा सामान्य उपचारपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि वीर अस्पताल लगिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ब्लड प्रेसर हाई भएका उनी एकाएक ढल्न पुगेको बताइएको छ ।
































