Skip

Hamro Sanchar

आङ्देम्बेको प्रश्न : सरकारी ढिलाइले सुरुङभित्र भएको मृत्यु हो कि हत्या सभामुख महोदय ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १७ गते


Advertisement

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारको ढिलाइले सुरुङभित्र भएको मृत्यलाई सरकारले गरेको हत्याको रूपमा व्याख्या गरेका छन् ।

संसदमा बोल्दै आङ्देम्बेले सरकारको असंवेदनशीलता र ढिलाइबारे बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकार चुकेको आरोप लगाएका छन् ।

संसदमा उनले भने, ‘यो कस्तो संवेदनशीलता र जिम्मेवारी हो रु यो असंवेदनशीलता ढिलाइका कारण ती सुरुङभित्र भएको मृत्यु, यो मृत्यु हो कि हत्या हो सभामुख महोदय रु बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकार चुक्यो । यसको जिम्मा सरकारले लिनुपर्छ ।’

नेता आङ्देम्बेले सरकारले संसदलाई यसको जवाफ दिनुपर्ने पनि उल्लेख गरेका छन् । उनले थप भनेका छन्, ‘को नागरिक कहाँ कस्तो छ ? नजिकको सरकार स्थानीय सरकारलाई नसोध्ने, सम्बन्धित आयोजना र निजीक्षेत्रलाई जान नदिने, इन्जिनियर, प्राविधिक तथा विषयविज्ञहरूको कुरा नसुन्ने, आफू एक्सन नगर्ने, अरुलाई गर्न नदिने अनि सात दिन बितिसकेपछि हात उठाएर सरकारले भन्ने– सुरुङमा आफैँ खोज ।


प्रतिकृया दिनुहोस्