Skip

Hamro Sanchar

कांग्रेस संसदीय दलको बैठक आज, यि विषयमा हुनेछ छलफल !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १५ गते


Advertisement

१५ भदौ,काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो।

बैठकमा वर्तमान राजनीतिक अवस्था, संसद्‍मा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुनेछ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको हो।

साथै, प्राकृतिक विपद्का घटनाहरू र जनताका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुने जनाइएको छ।


प्रतिकृया दिनुहोस्