१५ भदौ, काठमाडौं । मध्यपूर्वमा लामो समय तैनाथी पूरा गरी घर फर्किरहेको अमेरिकी विमानवाहक यूएसएस अब्राहम लिंकन आइतबार सिंगापुर जलमार्ग हुँदै अघि बढेको छ।
उक्त युद्धपोत बन्दरगाह भ्रमणका लागि थाइल्यान्डमा रोकिने अपेक्षा गरिएको छ।
अमेरिकी नौसेनाका ठूला युद्धपोतमध्ये एक लिंकनले इरानविरुद्धको अमेरिकी सैन्य अभियानलाई साथ दिइरहेको थियो।
यसको पछिल्लो तैनाथीमा लगातार २५० दिनभन्दा बढी समुद्रमा बिताएको रेकर्ड बनेको थियो।
लामो समयको तैनाथीका क्रममा चालक दलका सदस्यहरूको मानसिक स्वास्थ्यमा असर परेको तथा खाना र सरसफाइका सामग्रीलगायत आवश्यक आपूर्तिको अभाव भएको रिपोर्ट सार्वजनिक भएपछि लिंकनको तैनाथीबारे चिन्ता व्यक्त गरिएको थियो।
थाई अधिकारीहरूका अनुसार लिंकन अमेरिकी सैन्य आधारमा फर्कनुअघि चालक दलका सदस्यलाई आराम तथा स्वास्थ्यलाभको अवसर दिन थाइल्यान्डमा रोकिनेछ ।
































