Skip

Hamro Sanchar

चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १२ गते


Advertisement

१२ भदौ, काठमाडौं । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ शहरमा आज ५.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको मापन गरिएको छ । सीईएनसीका अनुसार उक्त भूकम्प जमिनको सतहबाट १३ किलोमिटर गहिराइमा गएको थियो।


प्रतिकृया दिनुहोस्