Skip

Hamro Sanchar

महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको पूरक निवेदन दर्ता, कहिले पेसि ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ९ गते


Advertisement

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले सोमबार रिट दिएका थिए।

उनीहरूले दिएको रिट आज दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। दुवै जनाले दिएको पूरक निवेदनमाथि भदौ ११ मा पेसी तोकिएको छ।

विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समितिले १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ। देउवा र खड्काले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेका छन्।

कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमै रहेकाले त्यसको छिनोफानो नभएसम्म महाधिवेशन रोक्नु पर्ने दुवैको माग छ। त्यस्तै, यसअघिको फैसला पुनरावलोकनसँगै अहिले पेश गरेको निवेदन पनि हेर्न माग गरिएको छ।


प्रतिकृया दिनुहोस्