Skip

Hamro Sanchar

ट्रम्पको चेतावनी : अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ८ गते


Advertisement

८ भदौ, काठमाडौँ । ट्रम्प प्रशासनले क्यानडालाई अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु “मूर्खता” हुने चेतावनी दिएको छ ।

व्यापार वार्ता असफल भएपछि करिब २० अर्ब डलरका क्यानडाली वस्तुमा अमेरिकामा ५० प्रतिशत महसुल लागू भएको छ । यो संयुक्त राज्य अमेरिकामा क्यानडाको निर्यातको ५.५ प्रतिशत हो ।

क्यानडाले सेप्टेम्बर ८ बाट जवाफी महसुल लगाउने घोषणा गरेको छ । अमेरिकी वाणिज्य मन्त्रीले यसले क्यानडालाई ‘विनाशकारी’ असर पार्ने बताएका छन् ।

क्यानडाका प्रधानमन्त्री म्याक कार्नीले “हामी आक्रमणमा परेका छौँ” भन्दै क्यानडाले प्रतिशोध स्वरूप अमेरिकी महसुल बराबरको जवाफ दिने बताएका छन्।

क्यानडाले अमेरिकी स्टिल र डेरी उद्योगलाई लक्षित नयाँ करहरू सेप्टेम्बर ८ देखि लागू गर्ने तयारी गरेको छ।

अमेरिकी यातायात मन्त्री सिन डफीले भने, “राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार युद्धमा जुध्दा क्यानडा कठिन अवस्थामा पर्नेछ।” हाल अमेरिकाले क्यानडाको निर्यातको करिब ७० प्रतिशत ओगटेको छ।

“हामी उत्कृष्ट व्यापार साझेदार हाँं, होइन ररु तर क्यानडाले अमेरिकाबाट व्यापार गर्दा अमेरिकाले क्यानडासँग व्यापार गर्दाभन्दा धेरै फाइदा लिन्छ,” डफीले ‘फक्स न्यूज सन्डे’ को ‘टक सो’ मा भने ।

उनले भने, “उनीहरू डोनाल्ड ट्रम्पसँग युद्ध गर्न जाने र वास्तवमै अमेरिकासँग त्यो युद्ध जित्ने सोच्नु उनीहरूको तर्फबाट मूर्खता हो भन्ने मलाई लाग्छ।”

उनले भने, “ यो उहाँको देशका लागि विनाशकारी हुनेछ । क्यानडाका प्रधानमन्त्री कार्नी ‘छिट्टै’ वार्तामा फर्कनुहुनेछ ।”

कार्नी शनिबार दृढ देखिनुभएको थियो भने ‘सम्झौता हुन नसकेपछि’ यसबाट टाढा हटेर अमेरिकामाथि प्रतिशोध महसुल घोषणा गरेका थिए ।

यसले दीर्घकालीन सहयोगीहरूबिचको खाडल अझ गहिरो बनाएको छ ।

कार्नीले अन्तिम समयमा आएका अमेरिकी मागहरू उल्लेख गर्दै भने, “त्यो अन्य देशहरूसँग क्यानडाको व्यापार सम्झौता सीमित गर्ने थियो र फ्रान्सेली भाषा तथा क्युबेक संस्कृतिबारे अस्वीकार्य ‘चेतावनी’ दिएको थियो ।

ट्रम्पले आइतबार बिहान भने, “क्यानडाले राज्य नभई राष्ट्र हुने फाइदा चाहन्छ !”

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा गरेको पोस्टमा भनिएको छ, “उनीहरूले हाम्रा महान् किसानहरूबाट धेरै वर्षदेखि ठूलो मात्रामा महसुल पनि असुल्दै आएका छन्। अब हुँदैन !”

 


प्रतिकृया दिनुहोस्