Skip

Hamro Sanchar

सांसदहरूलाई रविले भने : अब ३५ वर्षको हिसाब गर्ने होइन, ३५ वर्षको योजना ल्याउनुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ७ गते


Advertisement

७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगत ३५ वर्षको कामको हिसाब माग्ने दिन गएको बताएका छन् ।

रास्वपाले सरकार बनाइसकेको अवस्थामा विगतको कुरा कोट्याउन आवश्यक नभएको उनको भनाइ छ।

सांसदहरूका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई आ समापन गर्दै लामिछानेले ३५ वर्षको योजना ल्याउन सांसदहरूलाई निर्देशन दिएका हुन् ।

‘अब ३५ वर्षको हिसाब गर्ने होइन, अबको ३५ वर्षको योजना ल्याउनुस्, अबको ३५ वर्ष कस्तो बनाउने हाम्रो हातमा छ,’ लामिछानेले भने ।

साथै लामिछानेले रास्वपा सरकारको कामप्रति जनतामा अहिलेसम्म विश्वास कायम रहेको समेत दाबी गरेका छन्।


प्रतिकृया दिनुहोस्