Skip

Hamro Sanchar

इतर समूहको सम्पर्क कार्यालयमा देउवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ७ गते


Advertisement

७ भदौ, काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका छन्।

देउवा आज इतर समूहको सम्पर्क कार्यालय पुगेर त्यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गरेका छन्।

पछिल्लो राजनीतिक परिस्थितिबारे नेता–कार्यकर्तासँग छलफल गर्न देउवा सम्पर्क कार्यालय पुगेका हुन्।

उनको आगमनपछि कार्यालयमा कांग्रेस नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ।


प्रतिकृया दिनुहोस्