Skip

Hamro Sanchar

रास्वपाका सुधन, सुनिलदेखि यी हुन् केन्द्रीय सदस्यमा मनोनीत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ५ गते


Advertisement

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय सदस्यमा ९ जना मनोनीत गरेका छन्।

जसमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, निवर्तमान महामन्त्री भूपदेव शाह, बसुमाया तामाङ, डा.भक्तबहादुर राई, सुरेन्द्र चौधरी, मनोहर प्रधान र पुरुषोत्तम यादव रहेका छन्।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले राखेको केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव अनुमोदन भएको हो।

असार ७-१२ गते चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

विधानअनुसार १५१ जना केन्द्रीय सदस्यमध्ये बाँकी सभापतिले मनोनयन गर्नेछन्। सोहीअनुसार शुक्रबार ९ जना केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।


प्रतिकृया दिनुहोस्