Skip

Hamro Sanchar

चुनदेवीमा देउवा र शेखरबीच भेट, के भयो कुराकानी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ५ गते


Advertisement

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

देउवा निवास चुनदेवीमा भएको भेटमा समसामयिक विषयमा कुरा भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

देउवा समूहले गत साउन अन्तिममा राष्ट्रिय सम्मेलन गरेर सभापति गगन थापालाई अस्वीकार गरेको थियो । सभापति थापा गत पुसमा भएको विषेश महाविधेशनबाट निर्वाचित भएका थिए ।

कांग्रेसले १५औँ महाविधेशनको कार्यक्रम नरोक्ने भएपछि त्यसलाई रोक्न देउवा समूह सर्वोच्च गएको छ । पार्टी एकताको पक्षमा रहेका कोइरालालो देउवासँग भेट गरेका हुन् ।


प्रतिकृया दिनुहोस्