५ भदौ, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई बिहीबार राति रावलपिंडीको अदियाला जेलबाट इस्लामाबादको सिफा अन्तर्राष्ट्रिय अस्पताल लगिएको छ।
इमरान अस्पताल पुग्नेबित्तिकै भवनका सबै बत्ती निभाइएका थिए। अस्पतालका कर्मचारीले उनको मोबाइल फोन जफत गरेका छन्। गेट बाहिर रहेका पत्रकारहरूलाई हटाइएको थियो।
सर्वोच्च अदालतको आदेशपछि इमरानलाई उपचारका जेलबाट लागि अस्पताल लगिएको हो।
मंगलबार अदालतले उनलाई दुई दिन भित्र अस्पताल लैजान आदेश दिएको थियो। उनलाई सेप्टेम्बर १६ सम्म त्यहीँ रहन आदेश दिइएको छ।
उनको परिवार र वकिलहरूले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गर्दै उपचारका लागि निजी अस्पताल लान माग गरेका थिए।





























