Skip

Hamro Sanchar

देउवालाई गगनको प्रहार : काेहि छैटौँ पटक प्रधानमन्त्री हुन पाइनँ भनेर असन्तुष्ट हुन्छन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ४ गते


Advertisement

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कडा प्रहार गरेका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै थापाले देउवातिर लक्षित गर्दै कसैलाई छैटौँ पटक प्रधानमन्त्री बन्न नपाएकोमा दुखेसो भएको कटाक्ष गरेका हुन् ।

पछिल्लो समय कांग्रेसमा संस्थापन र इतर पक्षबीचको विवादले उग्र रुप लिएको छ। अझ इतरले साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला गरेपछि यो विवादले जटिल रुप लिएको छ। यही विवाद चर्किएका बेला गगनले पूर्वसभापति देउवाप्रति कटाक्ष गरेका हुन् ।

‘पाँच पटक प्रधानमन्त्री भइसकेको मान्छे छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ। दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ’, थापाले भने, ‘हामीमै हेर्‍यौँ भने यही मञ्चमा बसेका मान्छे पनि जो जिम्मेवारी पाएका छौँ, त्यसमा हामी पनि असन्तुष्ट हुन्छौँ।’


प्रतिकृया दिनुहोस्