Skip

Hamro Sanchar

उपसभामुखले दिइन् पत्रकार श्रेष्ठविरूद्ध प्रहरीमा जाहेरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १ गते


Advertisement

१ साउन, काठमाडौँ । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरूद्ध जाहेरी दिएकी छन् ।

आज उनले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन् । उपसभामुख ठाकुरले जाहेरी दिएको ललितपुरका एसएसपी तुल बहादुर कार्कीले पुष्टि गरेका छन् ।

उपसभामुख ठाकुरविरूद्ध जनआस्थामा केही दिनअघि एउटा सामाग्री प्रकाशन भएको थियो ।

उपसभामुखले सो पत्रिकाले आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुग्नेगरी अनलाइन सामग्री प्रकाशित गरेको भन्दै ठाकुरले उनलाई कारबाही गर्न माग गरेकी छन् ।

उपसभामुख ठाकुरले श्रेष्ठविरूद्ध विद्युतीय कसुर ऐन २०६३ अनुसारको कसुरमा अनुसन्धान गर्नुपर्ने जाहेरीमा उल्लेख गरेकी छिन् ।

यसअघि बुधबार साँझ पक्राउ परेका किशोरी श्रेष्ठलाई आज सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ।

 

 


प्रतिकृया दिनुहोस्