Skip

Hamro Sanchar

इतर समूहलाई गगनको ठाडो चुनौति : महाधिवेशनमा मलाई हराएर देखाउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १ गते


Advertisement

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले इतर समूहलाई ठाडो चुनौती दिएका छन् ।

आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले आफुलाइ  महाधिवेशनमा हराएर देखाउन चुनौती दिएका हुन् ।

उनले आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भनी भइरहेको आलोचनाप्रति टिप्पणी गरेका छन्।

उनले असन्तुष्ट पक्षलाई विशेष महाधिवेशनमार्फत नेतृत्वको विकल्प खोज्न चुनौती दिएका हुन्।

सभापति थापाले गगन थापाको अनुहार देखाएकै कारण कांग्रेसले मत नपाएको हो भन्ने निष्कर्ष हो भने अर्को उम्मेदवार खडा गरेर आफूलाई नेतृत्वबाट हटाउन समेत चुनौति दिए।

थापाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व परिवर्तन गरी पार्टीको बागडोर सम्हाल्न असन्तुष्ट पक्षलाई आह्वान गरे। उनले पार्टीको अधिवेशनलाई समावेशी, न्यायपूर्ण र निष्पक्ष बनाउनका लागि आफू जुनसुकै शर्त र प्रक्रियामा छलफल गर्न तयार रहेको स्पष्ट पारे।

उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र नेतृत्वको विषयलाई पारदर्शी ढङ्गले टुङ्ग्याउन आफू सधैँ सकारात्मक रहेको उल्लेख गरे ।


प्रतिकृया दिनुहोस्