Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनसंग १० भदौ मा सांसदको प्रश्नोत्तर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १ गते


Advertisement

१ भदौ, काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गते प्रश्नोत्तर कार्यक्रम राखिएको छ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम राखिएको जानकारी दिएका छन्।

‘प्रतिनिधि सभा नियमावली २०८३ को परिच्छेद नौ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम २०८३ भदौ १० गतेको बैठकमा हुने गरि निर्धारण गरिएको बेहोरा जानकारी गराउँदछु,’ सभामुख अर्यालले भने।

यसका लागि सभामुख अर्यालले नाम टिपाउने सांसदलाई आग्रह गरेका छन्। ‘साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तिमा एक जना माननीय सदस्य हुने गरी बढीमा १५ वटा प्रश्न सोध्न सकिने बेहोरा जानकारी गराउँदछु,’ अर्यालले भने।

प्रतिनिधि सभा नियमावली अनुसार, हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्नुपर्ने व्यवस्था छ। विपक्षी दलका सांसदले त्यही व्यवस्थाअनुसार, प्रधानमन्त्री शाह सांसदमा उपस्थित हुनुपर्ने माग गर्दै आएका थिए।

विपक्षी दलको विरोधपछि सोमबारकै प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले संसद्मा उपस्थित हुने प्रधानमन्त्री शाहलाई रुलिङ गरेका थिए ।


प्रतिकृया दिनुहोस्