काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सम्मेलनबाट पाँचबुँदे प्रस्ताव पारित भएको छ ।
आजसम्म चलेको राष्ट्रिय सम्मेनलबाट पाँचबुँदे प्रस्ताव पारित भएको नेता प्रकाशशरण महतले जानकारी दिए ।
सम्मेलनले शेरबहादुर देउवाको नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ । शेरबहादुर देउवाकै सभापतित्वमा १५ औँ महाधिवेशन सम्पन्न हुने छ ।
उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५ औँ महाधिवेशन संभव हुने दृढ विश्वास यो सम्मेलन गर्दछ, पारित प्रस्तावमा उल्लेख छ ।
सम्मेनलले मुलुक अहिले संकटमा रहेको भन्दै लोकतन्त्रवादी शक्तिसँग राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील हुने भनेको छ ।
सम्मेनलले सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस्तै, संविधान संशोधन जनअपेक्षाअनुसार गर्नका लागि सबैसँग संवाद गर्दै निकास दिने प्रस्ताव सम्मेनलले पारित गरेको हो ।
राष्ट्रिय सम्मेनलले साउन ३० र ३१ गते सम्पन्न सम्मेनलमा प्रस्तुत प्रस्ताव र सुझावलाई समेट्दै लिखित प्रस्ताव पेस गर्ने जिम्मेवारी नेता एनपी साउद नेतृत्वको समितिलाई दिएको छ।
उक्त समितिमा उमाकान्त चौधरी, सिता राना, मीनबहादुर विश्वकर्मा र दीपक कुइकेल सदस्य तोकिएको छ ।































