३१ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्मेलन समापन समारोहमा लफडा भएको छ ।
सम्मेलनको निर्णय सुनाउने क्रममा नेताहरूबीच धकेलाधकेल भएको हो । सम्मेलनको निर्णय सुनाउने क्रममा नेता प्रकाशशरण महत र विमलेन्द्र निधिबीच निर्णय लेखिएको कागज खोसाखोस भएको थियो ।
उनीहरूले एकअर्कालाई तपाईं गैहाल्नुस् भनेको भिडियोमा सुनिन्छ । त्यसपछि माइक काटिएको थियो ।































