२९ साउन, काठमाडौं । राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् ।
७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन् ।
दलको चुनाव चिह्न त्रिभुज राखिएको छ । झण्डामा सेतो रङमा त्रिभुज चिह्न राखिने छ ।
मेडिकल व्यवसायीसमेत रहेका अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै उनले दल दर्ता गराएका हुन् । शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा उनीहरू दल दर्ताको अन्तिम समयमा अलग भएकाे बुझीएकाे छ ।































