२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफूहरुको सभापति शेरबहादुर देउवा नै भएको बताएका छन् ।
इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शशांकले भने “शेरबहादुर देउवाको भाग्य नै राम्रो छ ।” उनले भेलामा देउवा सहभागी हुनु नै सफल भएको बताए । देउवाको नेतृत्वमा नै कांग्रेस हिँड्ने उनको दाबी छ ।































