Skip

Hamro Sanchar

देउवालाई सुजताको आग्रह : गगनको नेतृत्व स्वीकार्नुहोस्, अभिभावक बन्नुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीमा गगन थापाको नेतृत्व स्विकार गर्न आग्रह गरेकी छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै कोइरालाले देउवालाई पदको प्रतिस्पर्धाभन्दा माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिदै यस्तो आग्रह गरेकि हुन् ।

पार्टीभित्र बढ्दै गएको गुटगत असन्तुष्टि अन्त्य गर्दै एकताको बाटोमा अघि बढ्न नेताहरूलाई आग्रह समेत गरेकी छन्।

उनले व्यक्तिगत आकांक्षा र गुटगत स्वार्थभन्दा पार्टी तथा राष्ट्रको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।

इतर पक्षका नेताहरूलाई समेत अहंकार त्यागेर पार्टीको मूल प्रवाहमा समाहित हुन आग्रह गर्दै कोइरालाले आन्तरिक विवादले कांग्रेसलाई कमजोर बनाउने चेतावनी दिइन्।

उनका अनुसार अहिलेको आवश्यकता नेतृत्वबीच टकराव बढाउनु नभई संगठनलाई थप बलियो बनाउनु हो।

कोइरालाले सभापति गगनकुमार थापाको नेतृत्वशैलीको पनि प्रशंसा गरिन्। सुरुवाती चरणमा थापाले पार्टी कसरी अघि बढाउलान् भन्ने आफूलाई चिन्ता लागेको भए पनि पछिल्लो समय उनको कार्यक्षमता र व्यवहारबाट नेतृत्वप्रति विश्वास बढेको उनले बताइन्।

उनले थापाको नेतृत्वपछि कांग्रेसमा युवा पुस्ताको आकर्षण बढेको दाबी गर्दै आगामी निर्वाचनमा पार्टीले बलियो जनमत प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।

आफ्ना पिता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै उनले कांग्रेस बलियो बनेका बेला पार्टीविरुद्ध विभिन्न चुनौती र षड्यन्त्र आउने गरेको धारणा पनि राखिन्।

कोइरालाले अहिलेको चुनौती सामना गर्न कांग्रेसभित्रै एकता र सहकार्य आवश्यक रहेको बताउँदै सबै नेता तथा कार्यकर्तालाई वैधानिक नेतृत्वको साथमा उभिन आह्वान गरेकि छन्।


प्रतिकृया दिनुहोस्