Skip

Hamro Sanchar

१८ नेपाली म्यानमारको जेलबाट रिहा, सरकार भन्छ : चाडैं नेपाल ल्याउछौ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २२ गते


Advertisement

काठमाडौं । म्यानमारको जेलमा रहेका १८ जना नेपाली रिहा भएका छन् । उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया पनि सुरु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“म्यान्मारस्थित नेपाली राजदूतावासको पहलमा त्यहाँ विभिन्न अभियोजनमा जेलमा परेका १८ नेपाली नागरिकहरू रिहा भएका छन्,” आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “उहाँहरूलाई नेपाल फर्काउने प्रक्रिया सुरु भइसकेको छ ।”

म्यानमारको अदालतले सेप्टेम्बर दोस्रो साता रिहाइ गर्ने भनेकोमा नेपाल सरकारको अनुरोधमा सो समयअगावै उनीहरूलाई रिहाइ गरिएको उनले बताए ।

म्यानमारमा अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा कार्यरत उनीहरूलाई केही महिनाअघि त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनीहरूलाई जेलमा राखिएको थियो ।


प्रतिकृया दिनुहोस्